होमपेज / समाज
भदौ १४, सल्यान
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ८, सल्यानका २, रुकुम पश्चिमका ४, हुम्लाका १, अछामका ४, बर्दियाका १, काठमाण्डौका १ र रौटहटका १ गरी २२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यानका चार जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ ।
प्रदेशमा कोरोना संक्रमतिको संख्या २ हजार ४ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना जितेर घर फर्किदा हालसम्म निको हुनेको सख्ंया २ हजार ७१ पुगेको छ ।
हालसम्म प्रदेशमा कोभिड १९ बाट छ जनामो मृत्यु भएको छ भने ३२५ जना विभिन्न जिल्लाका आइसोलेसनमा उपचार गराई रहेका छन् ।





.jpg)