ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा २५ नयाँ संक्रमित थपिदा ६ जना डिस्चार्ज

  सल्यान खबर डेस्क २०७७ भाद्र ११ गते बिहीबार १६:१६:३२ मा प्रकाशित

भदौ ११, सल्यान 
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि भएको हो । 

प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २, काठमाण्डौका ३, भक्तपुरका १, रुपन्देहीका १, सिन्धुपाल्चोकका १, बाँकेका२, जाजरकोटका २ र सल्यानका १ जना गरी १३ जनामा कोरोना पुष्टि भएको छ । 

यस्तै दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका १२ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतले जनाएको छ । 

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज हुँदा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार २५ रहेको छ । प्रदेशमा ६ जनाको मृत्यु हुँदा ३ सय १३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top