होमपेज / समाज
मा३ २३, सल्यान
घर नजिकै बिजुलीका पोल गाडिएको लामो समय भए पनि जिल्लाको कालिमाटी गाउँपालिकाका बासिन्दा अध्यारोमा बस्न बाध्य भएका छन् । लामो समयसम्म बिजुली बत्ती नबले पछि गाडिएका पोल किसानले टौवाको रुपमा प्रयोग गर्दै आई रहेका छन् ।
पाले गाडेको झन्डै सात वर्ष बितिसक्दा समेत गाउँमा बिजुली बल्न नसक्दा अध्यारोमा बस्न बाध्य भएका हुन । पोल गाडेको लामो समय वितिसक्दा पनि कसैले बिजुली जोड्ने कुरामा चासो नदिएको स्थानीयको गुनासो रहेको छ ।
गाउँपालिकाको बजेटबाट भएपनि बिजुली बत्ती बाल्नु पर्ने कालिमाटी गाउँपालिका ३ कालिमाटीका इन्द्रलाल भण्डारीले बताए । उनले भने ‘जनप्रतिनिधिहरुलाई सोध्दा आउँछ भनेर आश्वासन मात्र दिन्छन गाडेका पोल पनि ढल्न थालिसके ।’ हाम्रा बाउबाजेले टुकीको अध्यारोमा दिन कटाएको र अहिले आएर आफ्ना छोराछोरीले पनि अध्यारोमै दिन काट्ने हुनकी भनेर चिन्ता लाग्ने गरेको भण्डारीको भनाई छ ।
विद्युतका पोल गाड्दा बिजुली बत्ती बाल्न पाइने भो भनेर खुशी लागे पनि हालसम्म बत्ती बनाल्दा खुशी निरासामा परिणत भएको टाट्केका लाल बहादुर थापाले बताए । उनले भने ‘हिजोका दिनमा जंगलमा पाइने सल्लाको दियालोको भरमा दिन कटाएका थियौ तर घर अगाडी पोल गाड्दा बत्ती बाल्न पाइने भो भनेर खुशी लागेको थियो तर त्यो खुशी कहिले आएन ।’
स्थानीय तहको निर्वाचन हुनु अगावै तत्कालिन गाविसबाट खरिद गरि गाडिएका पोल प्रयोग बिहिन भएको स्थानीय हुम प्रकाश केसीले बताए । तत्कालिन गाविसले विद्युत विस्तारका लागि उपभोक्ता समिति मार्फत नौ लाख बजेटमा पोल खरिद गरिएको उनले बताए ।
फागुन भित्र कालिमाटी गाउँपालिका केन्द्रमा बिजुलीको तार तान्ने गरी तयारी भई रहेको गाउँपालिका अध्यक्ष दान बहादुर केसी खत्रीले बताए । उनले भने ‘६ वर्ष अघि गाडिएका पोल साविकको गाविस हुँदा गाडिएका हुन । कुनै योजना बिनौ नै गािडएका थिए । अहिले टेन्डरबाट अघि बढेका छौं ।’
गत वर्ष गाउँपालिकाले गरेको टेन्डरमा मुद्या परेपछि काम हुन नसकेको बताउदै गाउँपालिका अध्यक्ष खत्रीले अहिले टेन्डर भई सम्झौता समेत भई सकेको बताए । फागुन भित्र वडा न ६ र गाउँपालिका केन्द्र सम्म बिजुलीको तार तानी छिटै बिजुली बाल्ने उनको भनाई छ ।





.jpg)