होमपेज / समाज
भदौ ७, सल्यान
भदौ ३ गते राती आएको बाढीपहिरोबाट विस्थापित बागचौर नगरापालिका १२ वाफुखोलाका ७१ घरपरिवारले अझै राहत पाउन सकेका छैनन् । बाढीपहिरोले घरबार बगाएर विस्थापित बनेको चार दिन भईसक्दा समेत उनीहरुले राहत पाउन सके छैनन् ।
विद्यालय र छिमेकीहरुको घर बसेको चार चार दिन भइसक्दा समेत राहत नसेकेको पिडित विरसिंह डाँगीले बताए । उनले भने ‘बस्दै आएको दुईवटै घर पहिरोले बगायो । भएको सबै सम्पत्ति पनि बचाउन सकिएन । अहिले छिमेकी घरमा शरण लिएर बसेका छौं । परिवारलाई खुवाउने एक गेडो चामल छैन, खै कहिले पाइने हो राहत ?’ रातको २ बजे पहिरो आएपछि परिवारलाई मात्र बचाउन सकेको बताउदै डाँगीले परिवारलाई एक छाक खुवाउन र एक सरो कपडा फेर्न समेत नसकेको उनले बताए ।
घरको दुवै तिरबाट बाढी आएपछि विद्यालयमा बसेको चार दिन भयो तर राहत भने केही नपाएको विमला वलीले दुखेसो पोखिन । घरमा बस्न सक्ने अवस्था नभएपछि छिमेकीको बस्दै आएको तर अहिलेसम्म कुनै पनि निकायले वास्ता नगरेको उनको भनाई छ । उनले भनिन ‘अहिले पनि माटो बगाई रहेकाले बस्ती नै जोखिममा रहेकाले उक्त बस्ती नै स्थानन्तर गर्नुको विकल्प देखिदैन ।’
गत भदौ ३ गते आएको बाढी पहिरोले १२ न वडाका तीन घर पूर्ण रुपमा क्षति भएका छन् भने झन्डै २ सय घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
बाढी पहिरोले घरमा क्षति पु¥याएपछि २५ घरपरिवार विद्यालय र वाँकी छिमेकीको घरमा बस्दै आइरहेको वडाध्यक्ष दिपक वलीले बताए ।
विस्थापित र क्षतिको तथ्याङ संकलन भइरहेको अध्यक्ष वलीको भनाई छ । उनले भने ‘मानविय क्षति नभएपनि भौतिक क्षति धेरै भएको छ । वाफुँखोला गाविसको साविकका वडा न ३,४ र ५मा बढी क्षति पु¥याएको छ । त्यसको तथ्याङक संकलन पछि राहत वितरण गर्ने सोचमा छौं ।’





.jpg)