होमपेज / समाज
साउन १९,सल्यान
सल्यानमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका र दार्मा गाउँपालिकामा भएका घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
माछा मार्न शारदा नदिमा गएका कालिमाटी गाउँपालिका वडा नम्बर ४ भुरचौरका ९ वर्षीय निर्मल भण्डारीको सोमबार शव फेला परेको छ । उनको शव सोही गाउँपालिका वडा नम्बर ५ पैठक स्थित शारदा नदि किनारमा फेला परेको प्रहरीले बताएको छ ।
साउन १६ गते माछा मार्न शारदा नदिमा गएका एक बालकको शव सोमवार भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी प्रमुख, ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यस्तै दार्मा गाउपालिका वडा नम्बर ४ पुकातका ५५ वर्षीय यज्ञ बहादुर बि.क.को भिरबाट लडेर मृत्यु भएको छ । आइतवार साँझ घर देखी ५ सय मिटर टाढा भिरबाट लडेर उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।





.jpg)