होमपेज / समाज
साउन १५, सल्यान
सल्लीबजार– चौरजहारी –डोल्पा सडक पुनः अवरुद्ध भएको छ ।
लगातारको वर्षातका विभिन्न ठाउँमा आएको बाढी पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको हो ।
जिल्लाको कुमाख गाउँपालिका वडा न २ खारखोलामा बाढी र पहिरोले सडक बगाउँदा सडक अवरुद्ध भएको स्थानीय राम बहादुर बुढाथोकीले बताए । केही समय अघि मर्मत गरिएको भएपनि मंगलबार राती आएको बाढीले पुनः सडक बगाएको उनको भनाई छ ।
गत असार २० गते बाढीले बगाउदा एक हप्ता पछि सडक सञ्चालनमा आएको थियो ।
दीर्घकालिन तरिकाले सडक मर्मत नगरिए वर्षौ यस्ता समस्या आइरहने बुढाथोकीको भनाई छ । पटक पटक एकै ठाउँमा पहिरो जाँदा यसको दिगो तरिकाले मर्मतमा कुनै निकायको ध्यान नगएको उनको आरोप छ ।
सडक अवरुद्ध हुँदा सल्यानको कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, रुकुम पश्चिमका सर्वसाधारण समस्यामा परेका छन् ।वर्षाले गाडी बन्द हुँदा विरामी अस्पताल जान आउन समस्या हुनुका साथै मालसामान ढुवानीमा समस्या भएको छ ।





.jpg)