होमपेज / समाज
साउन १४, सल्यान
आर्थिक वर्ष २०७६ ०७७ मा जिल्ला अदालत सल्यानले ५८ प्रतिशत मुद्दा फच्यौट गरेको छ ।
अदालतमा दर्ता भएका ३ सय ८४ मुद्दामध्ये २ सय २४ मुद्दा अर्थात् ५८ दशमलव ३३ प्रतिशत फच्यौट गरेको छ । अदालतले १ सय ६० मुद्दा चालु आर्थिक वर्षमा सरी आएको बताएको छ ।
आर्थिक वर्ष २०७५ ०७६ मा ८५ मुद्दा सरी आएकोमा ७३ वटा फच्यौटमा रहेको र १२ मुद्दा बाँकी रहेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको छ । अदालतले सबै भन्दा धेरै देवानी तर्फ २ सय १६ मुद्दामा १ सय ३८ मुद्दा फच्यौट गरेको अदालतका स्रस्तेदार हेमन्त ज्ञवालीले बताए । यस्तै फौजदारी तर्फ १ सय ६८ मुद्दामा ८६ वटा मात्र मुद्दा फच्यौट गर्न सफल भएको उनको भनाई छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण मुद्दा फैसला हुने तर मुद्दा बढी आउँदा उपलब्धि कम देखिएको उनको भनाई छ । उनले भने ६० प्रतिशत मुद्दा फच्यौट गर्ने लक्ष्य राखेका थियौ तर कोरोना भाइरसका कारण फैसला हुन नसक्ने तर मुद्दा पर्ने क्रम बढ्दा लक्ष्यमा पुग्न नसके पनि ५८ प्रतिशत फच्यौट गर्न सफल भएका छौँ ।
चालु आर्थिक वर्षमा ३ सय ७४ मुद्दा पर्ने सम्भावना रहेको बताउँदै गत आ.व.मा सरी आएका र नयाँ मुद्दा गरी जम्मा ५ सय ३४ मुद्दा पर्ने आकलन गरिएको ज्ञवालीको भनाई छ । जम्मा मुद्दाको ६५ प्रतिशत अर्थात् ३ सय ७४ मुद्दा फच्यौट हुने उनले बताए ।





.jpg)