ट्रेण्डिङ

होमपेज / समाज

विद्युतले कान नसुन्दा जोखिममा ढाँरखानीबासी

  सल्यान खबर डेस्क २०७७ श्रावण १३ गते मंगलबार १७:५१:२५ मा प्रकाशित

साउन १३, सल्यान 
नेपाल विद्युत प्राधिकरण सल्यानले कान नसुन्दा जिल्लाको शारदा नगरपालिका १४ ढाँरखानीबासी जोखिम मोल्दै आइरहेका छन् । विद्युतको पोल ढलेर गोठ अड्याउदा समेत विद्युत प्राधिकरणले मर्मत गर्ने तर्फ कुनै चासो देखाउन सकेको छैन । 

पोल ढलेर गोठले अडिएको छ जुनसुकै समयमा पनि दुर्घटना हुन सक्छ यस बारेमा पटक पटक जानकारी गराउँदा पनि विद्युत प्राधिकरण कुनै चासो नदिएको ढाँरखानीका स्थानीय गणेश गिरीले बताए । उनले भने पोल ढलेको एक हप्ता भन्दा बढी भइसक्यो खलंगा फोन गर्दा श्रीनगरको जिम्मेवारी हो भन्छ श्रीनगर फोन गर्दा भोली भोली भन्दै टार्दै आईरहेको छ । 

ढलेको पोलमा बालबालिकाहरु खेल्ने तथा गोठमा बस्तुभाउ बस्ने भएकाले जतिखेर पनि जे पनि हुन सक्ने उनको भनाई छ । पोल ढलेको जानकारी एक हप्तादेखि गराउदा पनि मर्मत गर्ने तिर सम्बन्धित कार्यालयले कुनै चासो नदिएको उनले बताए ।  
नेपाल विद्युत प्राधिकरणले भने कार्यव्यस्तताका कारण जान नसकेको र केही दिनमा उक्त समस्या समाधान हुने बताएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top