ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा विभिन्न अभियोगमा फरार सात प्रतिवादी पक्राउ

  सल्यान खबर डेस्क २०७७ श्रावण १२ गते सोमबार ०८:४४:३७ मा प्रकाशित

साउन १२, सल्यान 
सल्यान प्रहरीले विभिन्न अभियोगमा फरार सात प्रतिवादी पक्राउ गरेको छ ।

जबरजस्ती करणी, कर्तव्य ज्यान मुद्या लगायतका सात प्रतिवादी पक्राउ परेका हुन । 
प्रहरीका अनुसार आइतबार सवारी ज्यान मुद्याका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्याका शेर बहादुर बस्नेत, जबरजस्ती करणी मुद्याका हिरालाल भन्ने लाल बहादुर शाहु रहेका छन् । 

यस्तै सार्वजनिक मुद्याका राम बहादुर बुढाथोकी, जारी मुद्याका सुनिता बुढा, लुटपिट मुद्याका होम बहादुर बुढा र सम्बन्ध सम्बन्ध विच्छेद मुद्याका रेखा बुढा प्रक्राउ परेका छन् । 
गाउँघरमै लुकिछिपि बसी रहेको अवस्थामा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस अघि प्रहरीले विभिन्न अभियोगमा फरार २० जनालाई पक्राउ गरि सकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top