ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मास्क नलगाई हिँड्ने १३७ जना कारबाही

  सल्यान खबर डेस्क २०७७ असार २९ गते सोमबार १२:३७:४३ मा प्रकाशित

असार २९, सल्यान 
सल्यानमा मास्क नलगाई बाहिर हिँड्ने  १३७ जनालाई प्रहरीले कारबाही गरेको छ । शनिबार जिल्लाबाट विभिन्न स्थानबाट १३७ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

मास्क बिना हिँडडुल गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । 

खतिवडाका अनुसार श्रीनगर बजारबाट ४०, थारमारे बजारबाट ३८, लुहाम बजारबाट १५ र कपुरकोट बजारबाट २०  र खलंगा बजारबाट २४ गरी १३७  कारवाही गरिएको छ । उनले भने ‘यहाँ पहिले नै कडा थियो गृहमन्त्रालयले परिपत्र गरे पछि थप निगरानी बढाएको छौँ ।’ मास्क लगाई बाहिर ननिस्कन तीन चार दिन देखी प्रचार प्रशार गर्दै आइरहेको उनको भनाइ  छ । 

प्रहरीलाई चेकपोष्ट सहित बजारमा गस्तीको क्रममा समेत मास्क र भौतिक दुरीलाई थप निगरानी राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । ‘मास्क नलगाई बजार आउनेलाई तत्काल सचेत बनाउँछौं अटेर गरे कारवाही समेत गछौं  उनले भने ।’ 

बैंक तथा वित्तीय संस्था सहित अन्य सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाले समेत भौतिक दुरीलाई कायम गर्नुपर्ने मास्क नलगाई आवतजावत नगर्न समेत अनुरोध गरेको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top