ट्रेण्डिङ

होमपेज / समाज

एक हप्ता पछि खुल्यो अवरुद्ध सल्ली-चौरजहारी-डोल्पा सडक

  सल्यान खबर डेस्क २०७७ असार २७ गते शनिबार २०:३२:२० मा प्रकाशित

असार २७, सल्यान 
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध सल्ली चौरजहारी डोल्पा सडक खुलेको छ ।

सल्ली चौरजहारी सडकखण्डको विभिन्न ठाउँमा बाढीले सडक अवरुद्ध भएको थियो । कुमाख गाउँपालिका २ खारखोलामा बाढीले सडक बगाएपछि  विगत एक हप्ता देखि सडक अवरुद्ध हुदै आइरहेको थियो । 

बाढीले बगाएको स्थानमा वाल र पहिरो जेसिबि लगाएर हटाए पछि एक तर्फी सञ्चालनमा आएको कुमाख गाउँपालिकाले जनाएको छ । सडक अवरुद्ध हुँदा सल्यानका कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, रुकुम पश्चिमका  सवारी साधन तथा पैदल यात्रुहरु समस्यामा परेका थिए । 

रुकुम पश्चिमका प्रदेश सभा सदस्य गोपाल शर्माको विशेष पहलमा जनक कन्ट्रक्सनले सडक मर्मत गरेको स्थानीय राम बहादुर बुढाथोकीले बताए । सडक सुचारु भएसँगै आवतजावतमा निकै सहज भएको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top