ट्रेण्डिङ

होमपेज / समाज

पाँच सय बढी वनस्पति संरक्षण गर्दै वनस्पति अनुसन्धान केन्द्र

  सल्यान खबर डेस्क २०७७ असार २५ गते बिहीबार १८:५६:३० मा प्रकाशित

असार २५, सल्यान 
वनस्पति अनुसन्धान केन्द्र सल्यानले  पाँच सय बढी वनस्पति संरक्षण गर्दै आइरहेको छ ।

औषधीजन्य, वैज्ञानिक तथा विभिन्न प्रजातिका बिरुवाहरु संरक्षण गर्दै आइरहेको हो । 
उद्यानलाई वनस्पति तथा आयुर्वेद विषय लिएर पढिरहेका विद्यार्थीहरुका लागि व्यवहारिक शिक्षा दिने स्थानको रुपमा विकास गरेको अनुसन्धान केन्द्रका प्राविधिक कृष्ण बहादुर पुनले जानकारी दिए । वनस्पति उद्यान भित्र नेपालमै लोपोन्मुख भइरहेका वनस्पतिहरुका नर्सरी समेत राखिएको छ । 

नेपालमा पाइने दुर्लभ, लोपोन्मुख संकटासन्न र रैथाने वनस्पतिहरुको संरक्षण, जडीबुटीको खेती प्रविधि विकास गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने र जडीबुटी तर्फको परम्परागत प्रयोग र खेतीलाई अझ व्यापक रुपमा विस्तार एवं व्यवसायीकरण गर्न केन्द्र लागि परेको उनको भनाई छ । 
उद्यान भित्र नै पिकनिक, तथा फुलका वगैचाहरु निर्माण गरेकोले मानिसहरु मनोरञ्जनका लागि पनि आउने गरेका छन् गत आर्थिक बर्षमा मात्रै करिव ६० हजार मानिसहरुले अनुसन्धान केन्द्रमा अवलोकन भ्रमण गरेका छन्, प्राविधिक पुनले भने । 

अनुसन्धान केन्द्रले परम्परागतदेखि नै औषधीजन्य वनस्पतिहरुको अध्ययन गर्ने तथा त्यसलाई व्यवसायिक खेतिका लागि प्रोत्साहन गर्दै आएको छ । अनुसन्धान केन्द्रले जिल्लाका ४ वटा स्थानीय तहमा २० हजार हेक्टर जमिनमा सामुहिक टिमुर खेतिका लागि सहयोग गरेको प्राविधिक पुनले बताए । 

 जिल्लाको कपुरकोटको मुलपानीमा रहको बनस्पति अनुसन्धान केन्द्र व्यवहारिक अध्ययनका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । अनुसन्धान केन्द्रले संरक्षण गरेका बनस्पतिसंगै निर्माण गरिएका भौतिक पूर्वाधार तथा उद्यानको अध्ययन तथा अवलोकन गर्नेहरुको संख्यामा उल्लेखनिय बृद्धि हुन थालेको छ । 
केन्द्रले उद्यानभित्र औषधीजन्य वनस्पति तथा विभिन्न प्रजातिका फुलहरुले सजिसजाउ भएपछि अध्ययनका लागि मात्रै नभएर घुम्ने उद्देश्यले समेत आउनेहरुको संख्या उल्लेख्य वृद्धि भएको अनुसन्धान केन्द्रका प्राविधिक कृष्ण वहादुर पुनले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top