ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७७ असार २५ गते बिहीबार ०९:५३:२७ मा प्रकाशित

असार २५,सल्यान 
ट्याक्टर दुर्घटनामा परी सल्यानमा एक जनाको ज्यान गएको छ । 
जिल्लाको दार्मा गाउँपालिका ४ सरसुखोलाबाट रुकुम पश्चिमको  चौरजहारी जाँदै गरेको रा १ त ४३८७ नं. ट्याक्टर  बिहिबार बिहान दुर्घटना भएको हो ।
 दुर्घटनामा परी कुमाख गाउँपालिका ५ झारकाँडाका ट्याक्टर मालिक तिलक थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी पुगी सकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top