ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा खोलाले बगाउँदा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७७ असार २४ गते बुधबार १७:४९:४८ मा प्रकाशित

असार २४, सल्यान 
सल्यानमा खोलाले बगाउँदा एक वृद्धाको ज्यान गएको छ ।

 जिल्लाको कपुरकोट गाउँपालिका ६ सिन्वाङ निवासी ७१ वर्षीय पूर्ण बहादुर महताराको स्थानीय भुर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
मंगलबार छोरीको घरबाट आफ्नो घर  फर्किदै गरेका महताराको बुधबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । 

स्थानीयले खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको र शवको पोष्ट पार्टमका लागि सल्याान जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top