ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा १ लाख ५० हजार जडीबुटीका विरुवा निःशुल्क वितरण

  सल्यान खबर डेस्क २०७७ असार २४ गते बुधबार १४:२०:५४ मा प्रकाशित

असार २४, सल्यान 
वनस्पति अनुसन्धान केन्द्र सल्यानले १ लाख ५० हजार बढी निःशुल्क जडीबुटीका विरुवा वितरण गरेको छ ।

 जिल्लाका विभिन्न सामुदायिक वन, विभिन्न संघ संस्था र व्यक्तिलाई निःशुल्क जडीबुटीका बिरुवा वितरण गरिएको वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार टिमुर ५० हजार, काउलो ५० हजार, तेजपात ३० हजार, रिठा २ हजार, लप्सी ३ हजार, चिउरी २ हजार, कुरिलो ५ हजार , रोजमेरी ५ हजार, सुगन्दगन्धा  ५ हजार ,सुन्तला, कागती लगायतका विरुवा ५ हजार गरी झन्डै १ लाख ५० हजार बढीको विरुवा वितरण गरिएको केन्द्रका कृष्ण पुनले बताए । 

सल्यानमा जडीबुटी खेतीको प्रचुर सम्भावना भएकाले जडीबुटीका विरुवा वितरण गरिएको उनको भनाई छ । जिल्लाबाट वार्षिक टिमुर, तेजपात, काउलो करोडाँैंमा जाने गरेको बताउदै यसको विस्तार गर्न निःशुल्क वितरण गरिएको उनले बताए । उनले भने ‘आय आर्जन मूलक बिरुवाहरु वितरण गर्दै आइरहेका छौँ । जैविक विविधताको संरक्षण पनि हुने आम्दानी पनि हुने बिरुवाहरु वितरण गर्दै आइरहेका छौँ ।’ 

सल्यानका विभिन्न सामुदायिक वनसँगै रोल्पा, रुकुम, दाङसम्म वितरण गरिएको उनको भनाई छ । वनस्पति अनुसन्धान केन्द्रले विभिन्न प्रजातिका ५ सय बढी जडीबुटी तथा विरुवाहरुको संरक्षण एवं अनुसन्धान गर्दै आइरहेको छ ।

 जिल्लाको हावापानीकाको अवस्थाका आधारमा वनस्पतिहरुको व्यवसायिक खेतिका लागि सहयोग गर्दै आएको उनको भनाई छ । उनले भने चालु आर्थिक बर्षमा हामीले कालीमाटी गाउँपालिका, दर्मागाउपालिका, छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिकामा टिमुर तथा काउलो खेतिका लागि सहयोग गरेका छौं ।  । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top