ट्रेण्डिङ

होमपेज / समाज

भालुको आक्रमणबाट सल्यानमा एक महिला गम्भिर घाइते

  सल्यान खबर डेस्क २०७७ असार २२ गते सोमबार १९:५८:४३ मा प्रकाशित

भालुको आक्रमणबाट सल्यानमा एक महिला गम्भिर घाइते 
असार २२, सल्यान 
सल्यानमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन  । 
जिल्लाको कालीमाटी गाउँपालिका –१ निवासी ५२ वर्षीया बुद्दि रावत भालुको आक्रमणबाट गम्भिर घाइते भएकी हुन ।  सोमवार बिहान घर नजिकैको पाते टाकुरा जंगलमा आक्रमण गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।

जंगलमा घाँस काट्न गएको समयमा एक्कासी भालुले आक्रमण गरेपछि गालामा गहिरो चोट लागेको पीडित परिवारले जनाएको छ ।
घाइते महिलाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवाडाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top