होमपेज / समाज
असार २२, सल्यान
गएराती आएको बाढी पहिरोले खानेपानी ट्यांकी र पाइप बगाउदा खानेपानीको अभाव भएको छ ।
भारी वर्षाका कारण आएको बाढीले तीन वटा मुहानमा रहेका ट्यांकी र पाइप बगाउदा दार्मा गाउँपालिका ५ का १ सय ७५ घरधुरीमा खानेपानी समस्या भएको छ । स्थानीयबासीका अनुसार खानेपानी अभाव भएपछि नजिकैको खोलाबाट पानी ल्याएर खानुपर्ने बाध्यता भएको छ ।
जुंगेपानी काफलनेटा लिफ्ट खानेपानी योजना, पांग्राखोला आल खानेपानी योजना र जुगेपानी पांग्रा भालुमारे उल्लेरी खानेपानी योजनाको ट्यांकी र पाइप बाढीले बगाएको स्थानीय रामकृष्ण चन्दले बताए ।
खानेपानीको मुहानमै बाढी पसेपछि गाउँमा खानेपानीको आपूर्ति बन्द भएको उनको भनाई छ । खानेपानीको मुहनाको संरक्षण गरिदिन टुटफुट भएका र बगाएका पाइप व्यवस्थापन गरिदिन गाउँपालिकालाई उननले आग्रह गरेका छन् ।
गएराती आएको पहिरोले दार्मा गाउँपालिकाकै दुई घरमा सामान्य क्षति पु¥याएको छ । स्थानीय कर्ण बहादुर खड्का र रामकृष्ण चन्दको घरमा सामान्य क्षति पुगेको छ । घरमाथिबाट आएको पहिरोले घरभित्तामा क्षति पुगेको पिडित कर्ण बहादुर खड्काले बताए ।
बाढीले पांग्राखोला तल्लो बछेला सिँचाई योजनाको ट्यांकी र पाइप समेत बगाएको उनको भनाई छ ।





.jpg)