ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा उत्पादकत्व वृद्धि गर्न कृषि औजार वितरण

  सल्यान खबर डेस्क २०७७ असार २२ गते सोमबार १४:३३:४९ मा प्रकाशित

असार २२, सल्यान 
कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सल्यानमा किसानहरुलाई कृषि औजार वितरण गरिएको छ । कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले जिल्लामा कृषि औजार वितरण गरिएको हो । 

किसानलाई खेती गर्न सहज होस भनेर ५० प्रतिशत अनुदानमा हाते ट्याकटर, सिचाई ट्यांकी वितरण गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए । उनले भने ‘गाउँमा गोरु पोल्ने चलन हराइसक्यो । काम गर्ने मान्छे पनि पाउन सकिदैन । कृषि सरल र सहज बनाउन किसानहरुलाई कृषि औजार वितरण गरेका हौं ।’ 

कृषिमा यान्त्रिीकरण, व्यवसायिकरण र बजारी गर्नु पर्ने भन्दै यसका लागि किसानहरुलाई सहयोग गरिएको उनको भनाई छ । तरकारी ब्लक र पकेट क्षेत्रका किसानहरुलाई ३१ वटा मिनि टेलर सहित सिचाई ट्यांकी ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले बताए । उनले भने ‘जिल्लामा तरकारीका चार वटा ब्लक रहेका छन् । ती मध्ये  दुई वटा ब्लक र एक पकेट क्षेत्रमा कृषि औजार वितरण गरिएको छ ।’ 

कपुरकोट गाउँपालिका भित्रका रहेका दुई वटा तरकारी ब्लकमा २८ वटा र एक तरकारी पकेटमा ३ वटा ट्याक्टर सहित बिउ, एक हजार लिटरका सिँचाई ट्यांकी वितरण गरिएको आचार्यको भनाई छ । 
हाते ट्याक्टर मार्फत कृषि कर्ममा लागेका किसानहरुलाई आधुनिक कृषि प्रणालीमा जोड्न, खेतबारीमा सजिलै प्रयोग गर्न सकिने उनको भनाई छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top