ट्रेण्डिङ

होमपेज / समाज

सल्ली–चौरजहारी–डोल्पा सडक वर्षाले अवरुद्ध

  सल्यान खबर डेस्क २०७७ असार २१ गते आइतबार १६:२१:४१ मा प्रकाशित

असार २१, सल्यान 
लगातारको अविरल वर्षाका कारण सल्यान सल्लीबजार– चौरजहारी –डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राती कुमाख गाउँपालिका २ खारखोलामा खोलाले सडक बगाउदा अवरुद्ध भएको हो ।

 सडक अवरुद्ध हुँदा सल्यानको कुमाख गाउँपालिका, रुकुम पश्चिम, र डोल्पा जोड्ने बाटो अवरुद्ध भएको स्थानीय कृति बहादुर रानाले बताए । वर्षाले गाडी बन्द हुँदा विरामी बोक्न समस्या हुनुका साथै ढुवानीमा समस्या भएको उनको भनाई छ  । 

खोलाले पुरै सडक बगाउन मानिस हिड्न समेत समस्या हुने गरेको उनको भनाई छ । सडकको ट्याक खोलेको १४ वर्ष वितिसक्दा समेत स्तरवृद्धि नहुँदा वषौं समस्या झेल्दै आउनु परेको कुमाख गाउपालिका २ कैनकाँडाका राम बहादुर बुढाथोकीले बताए । बाटो पूर्ण रुपमा बन्द हुँदा चौरजहारी अस्पताल जान आउन, सामाग्री ढुवानी गर्न निकै समस्या भएको बुढाथोकीले बताए । खोलाले पुरै सडक बगाउदा मानिस पनि डिड्न नमिल्ने भएको उनको भनाई छ । 
रुकुम पश्चिम जाने नागरिक अहिले जाजरकोटको बाटो भएर घर जान बाध्य भएका छन् । 

देशमा संघीयता आएसँगै सडक कस्ले निमार्ण गर्ने नि¥र्यौल नहुँदा त्यसको सास्ती सर्वसाधारणले भोग्दै आइरहेका छन् । विगतमा सडक डिभिजन कार्याल दांगले हेर्दै आएकोमा अहिले कुन निकायले सडक मर्मत गर्ने भन्ने निश्चित नहुँदा सडक जरजर बन्दै गएको छ  । केही भाग प्रदेश सरकार अन्र्तगत सडक डिभिजन कार्यालय चौरजहारी केही भाग पूर्वाधार कार्यालय सल्यानले हेर्दै आइरहेता पनि आपसी समन्वय नभएको उनको भनाई छ । 

रुकुमले सल्यानको बाटो हो सल्यानले बनाउनु पर्छ भन्ने र सल्यानले रुकुमको सडक भएकाले रुकुमले बनाउनु पर्छ भन्दै दुवै जिल्ला पन्छिदै आइरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top