ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको एक क्वारेनटाइनबाट ६९ जना भागे

  सल्यान खबर डेस्क २०७७ असार १८ गते बिहीबार १६:३६:१६ मा प्रकाशित

 असार १८, सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेनटाइनमा बसेका ६९ जना भागेका छन् । नगरपालिकाको वडा न२ स्थित आधारभुत विद्यालय लाहाघाटको क्वारेनटाइनमा बसेका ६९ जना बिहिबार दिउसो भागेको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ 

स्वाब संकलन गरेको एक हप्ता पनि रिर्पोट नआएको तथा लामो समयदेखि क्वारेनटाइनमा बस्नु परेको भन्दै उनीहरुले सुरक्षाकर्मीलाई ढुंगामुडा गरी भागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासु पोखरेलले बताए । गत जेठ १९ गते भारतको गुजरात र गडवालबाट आएका उनीहरुको १४ दिनपछि आरडिटी परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको थियो । पुनः असार १२ गते पीसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको रिर्पोट आउन ढिला भएको भन्दै उनीहरु भागेको पोख्रेलले बताए ।

 कर्णाली प्रदेशको पीसिआर मेसिन बिग्रिएको र स्वाब नेपालगञ्ज पठाइएको अबको एक दुई दिनभित्रमा रिर्पोट आउछ भन्दा भन्दै भागेको उनको भनाई छ  । 
क्वारेनटाइनमा बसेका सबै भागेसँगै गाउँमा भने त्रास छाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top