ट्रेण्डिङ

होमपेज / समाज

बाँझो जमिनमा सिचाई पुगेपछि कृषकमा छायो खुशी

  सल्यान खबर डेस्क २०७७ असार १४ गते आइतबार १४:२८:०० मा प्रकाशित

असार १४, सल्यान 
गाउँ नजिकै वर्षभरी बग्ने खोला भए पनि सिँचाईको अभाव भएको बनगाड कुपिण्डे नगरपालिका २को एक गाउँमा वषौं पछि सिँचाई सुविधा पुगेको छ । सिँचाई पोखरी निमार्ण पछि खेती किसानीमा सहज भएसँगै गाउँमा खुशीयाली छाएको छ । 

सिँचाई कुलो नहुँदा हिँउदेखेती लगाउन नपाई पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भोला प्रसाद शर्माले बताए  । उनले भने पानी अभावले बाली सुक्ने, खेती राम्रो नहुने , मेहनत मात्र गर्नुपर्ने सबै प्रकारको समस्या हटेको छ । 

गाउँले आफैले सिँचाई निमार्ण गर्न सम्भव नभएपछि सिँचाई निमार्ण गरिदिन पटक पटकको प्रयास पछि कृषि विकास कार्यालय सल्यानको पहलमा सिचाई कुलो निमार्ण गरिएको स्थानीय शंकर प्रसाद शर्माले बताए ।

 सिँचाई अभावका कारण खेती खेती गर्दा धेरै दुःख भोग्दै आए पनि अब भने सहज हुने शर्माको भनाई छ । उनले भने सिचाईको अभावका कारण खेती योग्य जमिन बाँझो बस्दै आइरहेको थियो । आकाशेपानीको भरमा खेती गर्नु पर्ने बाध्यता अव अन्त्य भएको छ । 

सिँचाई निमार्णपछि अहिले आफुहरु बेमौसमी खेती गर्नुका साथै अन्य फलफुल साग तरकारी समेत लगाउने तयारी गरेको अर्का स्थानीय खिम प्रकाश शर्माले बताए । सिँचाई अभावले यसभन्दा अघि आकाशे पानीको भरमा मात्र खेती गर्दै आइरहेको उनको भनाई छ । उनले भने सिभाई अभावले गर्दा हरियो सागापत र तकारी समेत नपाउने यो गाउँमा अव भने तरकारी उत्पादन गरेर आर्थिक आम्दानी समेत गर्न  सकिने भयो । 
वडा न ३ को पाट्केखोलाबाट हजार ४ सय मिटर टाढाबाट पाइप मार्फत पानी लगी सिचाई व्यवस्था गरिएको उनको भनाई छ । 

कृषि विकास कार्यालय सल्यानको झन्डै ५० लाख लागतमा  तीन वटा सिचाई ट्यांकी निमार्ण गरिएको छ । पानी अभावकै कारण खेत बाँझै राख्नुपर्ने समस्या हटेको र खेती उत्पादनमा वृद्धि हुने सूचना अधिकारी बस्नेतले बताए । सिचाई कुलोबाट ४३ घरपरिवारलाई सिचाईका लागि सहज हुने उनले बताए ।  झन्डै ३२ हजार हेक्टर क्षेक्रफलमा सिँचाई सुविधा पुग्ने उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top