ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

गाउँमै पुगेर क्षयरोगी खोजी गर्दै स्थानीय सरकार 

  सल्यान खबर डेस्क २०८३ जेठ ३० गते शनिबार १७:१३:४६ मा प्रकाशित

जेठ ३० सल्यान 
सल्यानमा आधुनिक प्रविधिको प्रयोग गरी गाउँघरमै पुगी क्षयरोगी पहिचान सुरु गरेको छ । जोखिम समूह  तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा पुगी क्षयरोग न्युनिकरण गर्न भन्दै शारदा नगरपालिकाले बस्तीस्तरमै पुगी एआई डिजिटल एक्सरे मेसिनको प्रयोग मार्फत क्षयरोग खोज अभियान सञ्चालन गरिएको छ । 

२७१ महिला र १२९ पुरुष गरी ४०० जनाको छातीको एक्स रे परीक्षण गर्दा क्षयरोग शंकास्पद ३६ जना व्यक्तिको खकार संकलन गरी थप परीक्षणका लागि सल्यान जिल्ला अस्पताल पठाइएको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले जानकारी दिनु भयो । शारदा नगरपालिकाले क्षयरोगको समयमै पहिचान, उपचार तथा नियन्त्रण माफृत क्षयरोग मुक्त नेपाल अभियानलाई सफल बनाउन निरन्तर रुपमा कार्य गर्दै आइरहेको उहाँको भनाई छ । क्षयरोगका बिरामीलाई छिटाछरितो पत्ता लगाउन एआई एक्सरे प्रविधि प्रयोग गरिएको हमालले बताउनु भयो । 

सामान्य एक्सरेमा नदेखिने सुक्षम समस्या एआइ डिजिटल एक्सरे मेसिनले ट्रयाक गर्ने भएकाले उपचार प्रक्रिया सहज भएको शारदा नगरपालिकाका सिनियर अहेव निरीक्षक रविन विष्टले बताउनु भयो । परम्परागत रुपमा खकार परीक्षण गर्नु अघि नै जोखिम भएका बिरामी छुटयाउन प्रविधिले सहयोग गर्ने उहाँको भनाई छ । 

शारदा नगरपालिकाको वडा न १२को रेशमज्यूला भएको परीक्षणमा ११७ महिला र ४३ परुष गरी १६० जना , , ७को कजेरीमा ८३ महिला र ४३ पुरुष गरी १२६, , ९ को दोभानमा २१ महिला र २० पुरुष गरी ४३ र  १०को मदानामा ५० महिला र २१ पुरुष गरी ७१ जनाको परीक्षण गरिएको छ । 
बस्ती स्थरमै गरिएको खोजपडताल अभियानले रोगको प्रारम्भिक निदान, उपचार तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको विष्टको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top