ट्रेण्डिङ

होमपेज / अर्थ

दार्मा गाउँपालिकाका १४३ घर परिवारलाई खाद्यान्न वितरण

  प्रकाश शर्मा २०७८ श्रावण ४ गते सोमबार २०:२६:५० मा प्रकाशित

प्रकाश शर्मा साउन ४,सल्यान 
सल्यानको दार्मा गाउँपालिकाका आर्थिक अवस्था कमजोर रहेको १ सय ४३ घर परिवारलाई खाद्यन्न वितरण गरिएको छ ।

दार्मा गाउँपालिकाको समन्वय, युभिएन दर्शन नेपाल काठमाण्डौको आर्थिक सहयोग र रुबेरुखेत प्रशंसा मण्डलीको सहजीकरणमा १ सय ४३ घर परिवारलाई सोमबार खाद्यन्न वितरण गरिएको हो । खाद्यन्नमा २५ किलोको चामल, २ लिटर तेल, १ किलो चिउराm २ किलो दाल, १ किलो नुन र २ वटा साबुन रहेका छन् । ४ लाख बढीको खाद्यन्न वितरण गरिएको छ । 

विपन्न परिवार वडाको सिफारिसमा छनौट गरिएको गाउँपालिकाले जनाएको छ । कोभिड १९ ले विश्व नै आक्रान्त भएको र नेपालमा पनि महामारीको रुप लिएकाले दार्माका विपन्न परिवारहरुलाई राहत स्वरुप सहयोग गरेको बेरुखेत प्रशंसा मण्डलीका पास्टर नरबहादुर वि.कले बताए । ज्याला मजदुरी गरी छाक टार्न समस्या भएका विपन्न समुदायलाई खाद्यन्न वितरण गरिएको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top