ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको त्रिवेणीबाट एक करोड बढीको खसीबोका निकासी

  सल्यान खबर डेस्क २०८१ बैशाख ७ गते शुक्रबार १५:२७:४४ मा प्रकाशित

 वैशाख ७,सल्यान 

सल्यानको त्रिवेणी गाउँपालिकाबाट एक करोड बढीको खसी बोका निकासी भएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म पालिकाबाट १ करोड ३७ लाख २२ हजार १६९ रुपैयाँ भित्रिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । 

कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत सहकारी मार्फत ७१८ खसी बोका (२४३२१ किलो) बिक्री भएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो । 

पालिका भित्रका सहकारीहरू मार्फत किसानहरूले खसी बोका बिक्री वितरण गर्दै आइरहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो किसानले पालेको खसी बोका सहकारी मार्फत बिक्री वितरण गरे प्रतिकिलो २० रुपैयाँ किसानले अनुदान पाउने गर्दछन् । जस कारण किसानहरूले व्यावसायिक बाख्रा पालन तर्फ पनि आकर्षित हुँदै आइरहेका छन् । 

पछिल्लो समय कृषकहरूले व्यावसायिक बाख्रा पालनमा जोड दिन थालेपछि आर्थिक क्षेत्रमा उनीहरू अब्बल बन्दै गएको त्रिवेणी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो । पालिका भित्रका तीन सहकारी र दुई फर्मले  गत वर्ष १ हजार १ सय १९ खसी बिक्री गरेका थिए । यो वर्ष सङ्ख्यामा वृद्धि आउने उहाँको भनाई छ । किसानलाई बाख्रा पालन तर्फ आकर्षित गर्न उन्नत जातका बाख्रा वितरण, तालिम, घाँस दाना, औषधी वितरण गर्दै आइरहेको रावतको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top