ट्रेण्डिङ

होमपेज / अर्थ

दार्मा गाउँपालिका सल्यानको १४ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न

  सल्यान खबर डेस्क २०८० फाल्गुण २० गते आइतबार १०:२३:३८ मा प्रकाशित

फाल्गुन २०, सल्यान
दार्मा गाउँपालिका सल्यानको १४ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ  ।  गाउँपालिकाको सभाहलमा चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १४ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

गाउँसभा तथा हिउँदे अधिवेशनको उद्धघाटन कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले गर्नुभयो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले दार्मा गाउँपालिका दुध उत्पादनको हिसावले अब्बल रहेकाले यसलाई बिस्तार गर्नको लागि स्थानिय सरकार र प्रदेश सरकार लागि परेको बताउनु भएको छ । यहाँको दुध नेपालका बिभिन्न जिल्लामा पठाउनका लागि दुधको गुणस्तर नाप्ने यन्त्र प्रदान गरेको बताउनु भयो । सरकारले पुर्वाधारका क्षेत्रमा मात्र नभएर उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनुपर्ने देखिएकाले आफु त्यस तर्फ केन्द्रित भएको बताउनु भयो ।


मन्त्री शर्माले भन्नु भयो, “ कृषिका क्षेत्रमा सम्भावना हेरेर कहाँ के उत्पादन हुन्छ, यसलाई प्राथामिकता दिएर प्रदेश सरकार लागि परिरहेको छ । उत्पादनमूलक क्षेत्र कसरी पहिचान गर्ने र आयआर्जन कसरी बृद्धि गर्ने त्यसको खोजिमा त छौ नै, बैदेशिक रोजगारमा जाने युवाहरुलाई पनि उत्पादनमुलक क्षेत्रमा जोडने छौ । 
मन्त्री शर्माले कर्णाली प्रदेशमा कपी तथा चिया बिकास बोर्ड स्थापना गर्ने बिषयमा प्रक्रिया अगाडी बढिसेकेकाले परिक्षणको तयारीमा रहेको बताउनु भयो । आउदो बर्ष कपी खेतीलाई जोड दिनको लागि छलफल भैरहेको बताउनु भयो । मन्त्री शर्माले जिल्लाको कृषि क्षेत्र लगायत भौतीक पुर्वाधारको क्षेत्रमा पनि जोड दिएको बताउनु भयो । 
गाउँ सभामा आ.व. २०८०/८१ को अर्धवार्षिक समिक्षा प्रगती प्रतिवेदन गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले गर्नुभएको थयो । यस्तै योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालु आर्थिक वर्ष ०८०/८१ को अहिलेसम्मको प्रगति विवरण राजस्व परामर्श तथा न्यायिक समितिको प्रतिवेदन गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाव राख्न गाउँसभाका सदस्यहरुलाई ५ मिनेटको समय उपलब्ध गराएर सबैको सर्वसम्मत रूपमा संसोधनहरु पारित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

सभाले गाउँकार्यपालिकाले गरेका सम्पूर्ण निर्णयहरु, आर्थिक वर्ष २०८०÷०८१ को हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८०÷०८१ मा गाउँकार्यपालिका बैठकले पारित गरको प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताउनु भयो । सभामा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पारित गरिएको बताउनु भयो । 
यस्तै कृषि क्षेत्रको व्यवसायीककरण र बजारीकरण आर्थिक तथा प्राबिधिक, सुधारिएको चुलो निर्माण परियोजना सञ्चालनको लागि आर्थिक तथा प्राबिधिक गाउँसभाले पास गरेको प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनु भयो । 
सोही अवसरमा सहिद परिवारलाई न्यानो कपडा प्रदान सहित सम्मान, उत्कृष्ट कर्मचारीर  राष्ट्रपती रनिङ शिल्डमा पदक बिजेता खेलाडीलाई सम्मान गरिएको थियो । 
गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख असबिर बुढाथोकी, गाउँपालिकाका उपाध्यक्ष, ६ वटै वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, गाउँपालिकामा कार्यरत कर्मचारीहरु, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top