होमपेज / अर्थ
चैत ३०,सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकाले दोस्रो चौमासिकमा ४५ प्र्रतिशत बजेट खर्च गरेको छ । चालु तर्फ ५२ र पुजिगत तर्फ ३२ गरी दोस्रो चौमासिकसम्म ४५ प्रतिशत बजेट खर्च भएको पालिकाले जनाएको छ ।
चालु आ.व २०८०/०८१ को दोस्रो चौमासिक अवधिसम्मको प्रगति प्रतिवेदन सार्वजनिकीकरण तथा पत्रकार भेटघाट कार्यक्रममा असारे बजेटलाई पूर्ण रुपमा निरुत्साहित गर्ने लक्ष्यका साथ पालिका अघि बढेको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले बताउनु भयो । पालिकामा रहेका १३५ आयोजना मध्ये १०२ वटा आयोजना सम्पन्न भएको र त्यसको भुक्तानीको प्रक्रियामा रहेकाले बजेट खर्च कम देखिएपनि कार्यप्रगति भने धेरै भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो केही ठूला योजना निरन्तरतामा रहेता पनि अधिकांस योजना सम्पन्न भएका छन् भुक्तानी गर्नु पुर्व सम्पन्न योजनाको एक हप्ताको दावि विरोधको सूचना जारी हुने हुँदा भुक्तानीमा केही ढिलाई भएको छ ।
पूर्वाधार विकास तर्फ ३० दशमलव ४१, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ६१ दशमलव ४३, आर्थिक विकास तर्फ ३३ दशमलव ८६, सामाजिक विकास तर्फ ५० दशमलव ०३ प्रतिशत बजेट खर्च भएको प्रशासकीय अधिृकत केसीले बताउनु भयो ।
विकास भनेको सडक खन्नु मात्र हो भन्ने सोचमा परिवर्तन ल्याई सामाजिक विकासलाई त्रिवेणी गाउँपालिकाले पहिलो प्राथमिकता दिएको त्रिवेणी गाउँपाकिला अध्यक्ष खिम बहादुर रावतको भनाई छ । स्थानीय सरकारलाई जनताको चुलोको सरकार भएको अनुभूति दिलाउने कार्यमा आफू लागि परेको उहाँको भनाई छ । दुरदराज बस्तीका जनताको आवाज पालिकासम्म पु¥याउन, शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाइमा उनीहरुको पहुँच अभिवृद्धिलाई त्रिवेणी गाउँपाकिलाले विकास मानेको उहाँको भनाई छ ।





.jpg)