होमपेज / समाज
वैशाख ८,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बनगाड कुपिण्डे नगरपालिका ८ खागल स्थित बालुवासंंग्रही देखि कुपिण्डे ताल आउँदै गरेको भे १ ह १६२० नम्बरको अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अटो दुर्घटना हुँदा बनगाड कुपिण्डे नगरपालिका ४ चिउरा निवासी २० वर्षीया चित्रकला पुन र वडा न १ की २४ वर्षीय डिल्ली पुन रहेका छन् । घाइतेलाई सल्लीबजार उपचार भइरहेको प्रहरीको भनाई छ । उकालोमा चढन नकेपछि रोडबाट करिब ३५ मिटर तल अटो खसेको छ । अटो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।





.jpg)