होमपेज / अन्तराष्ट्रिय
भारतमा एकै दिन अहिलेसम्मको सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यहाँ सोमवार ४,२१३ जनामा कोभिड-१९ पुष्टि भएको थियो। भारत सरकारका अनुसार देशभरि कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ७०,००० नाघेको छ।
तीमध्ये झन्डै २२,००० जना निको भएका छन् भने २,२९३ जनाको मृत्यु भएको छ।त्यहाँ अहिले ४६,००० मानिसमा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण रहेको छ र तिनीहरू चिकित्सकको निगरानीमा रहेका बताइएको छ।





.jpg)