ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

फ्रान्समा एकै दिन १३ सय भन्दा बढीको मृत्यु

अमेरिकामा करिब साढे २ लाख संक्रमित

  एजेन्सी २०७६ चैत्र २१ गते शुक्रबार १३:५९:२२ मा प्रकाशित

चैत २१, २०७६ काठमाडौं : 

कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ। 

एक दिनमा मृत्यु हुने संख्यामा यो अहिलेसम्मकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसअघि अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो। फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार १ सय १६ जना संक्रमित थपिएका छन्।

योसँगै संक्रमित हुनेको संख्या ५९ हजार नाघेको छ। फ्रान्सपछि  सबैभन्दा धेरै अमेरिकामा ९ सय ६८ को मृयु भएको थियो भने इटालीमा ९ सय ६१ जनाको मृत्यु भएको थियो। विश्वमा मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ।  इटालीमा मृत्यु हुनेको संख्या १३ हजार भन्दा माथि पुगेको छ। इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ जनाको ज्यान गइसकेको छ।

त्यहाँ संक्रमित १ लाख १५ हजार पुगेको छ। त्यस्तै अमेरिकामा मृत्यु हुनेको संख्या ६ हजरा १३ पुगेको छ भने सक्रमित २ लाख ४४ हजार नाघेको छ।  विश्वमा संक्रमितको संख्या १० लाख नाघेको छ। त्यस्तै २ लाख १२ हजार निको भएर घर फर्किएका छन्। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top