होमपेज / अन्तराष्ट्रिय
चैत १७, २०७६
कोरोना भाइरस (कोभिड १९) का कारण जापानी कमेडियन केन शिमुराको निधन भएको छ ।
७० वर्षीय शिमुरा अस्वस्थ भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए। २३ मार्चमा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनिया र कोरोना भाइरस पोजिटिभ देखिएको थियो।
केन कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार हुन्। उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए।
उनले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा (मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’(अचम्मका काका) लगायतका चरित्र निभाएका थिए। जापानमा हालसम्म कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन्।





.jpg)