ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाको कहर : मृतकको संख्या १६ हजार नाघ्यो

  एजेन्सी २०७६ चैत्र ११ गते मंगलबार १२:५६:३३ मा प्रकाशित

चैत ११, २०७६

कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण हिजो एकै दिन १८ सय ५४ जनाको मृत्यु भएको छ।  यो सँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ। सबैभन्दा धेरै इटलीमा हिजो ६ सय १ जनाको मृत्यु भएको छ।

यो सँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ।  हिजो ४ हजार ७ सय ८९ जना नयाँ संक्रमित भेटिएपछि इटलीमा संक्रमितको संख्या झण्डै ६४ हजार पुगेको छ। स्पेनमा हिजो एकै दिन ५ सय ३९ जनाको मृत्यु भएको छ। ६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा हिजो १ सय ३२ जनाको मृत्यु भएको छ भने झण्डै १० हजार नयाँ विरामी भेटिएपछि संक्रमितको संख्या ४३ हजार ४ सय ६९ पुगेको छ।  फ्रान्समा हिजो १ सय ८६, इरानमा १ सय २७, बेलायतमा ५४, नेदरल्याण्ड्समा ३४, जर्मनीमा २९ र स्वीट्जरल्याण्डमा २२ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना संक्रमितको संख्या ३ लाख ७८ हजार नाघेको छ। जसमध्ये १ लाख भन्दा धेरै मानिस उपचार पछि निको भएर घर फर्किएका छन्।   
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top