ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बच्चा जन्माएलगत्तै कोरोना संक्रमणबाट आमाको निधन

  एजेन्सी २०७६ चैत्र ८ गते शनिबार १८:२८:५२ मा प्रकाशित

चैत ८, २०७६ एजेन्सी : 

पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमणका कारण मृत्युवरण गरेकी छन्।

नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। विश्वमै कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ।  ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ।

उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ। पोल्यान्डका सञ्चार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन्। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top