ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा एकैदिन पौने लाख मानिसलाई कोरोना संक्रमण

  एजेन्सी २०७७ भाद्र १३ गते शनिबार १४:१४:१५ मा प्रकाशित

भदौ १३, २०७७

पछिल्लो २४ घण्टाभित्र भारतमा ७६ हजार ४७२ जना संक्रमित थपिएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। एकैदिन पौने लाख भन्दा बढी संक्रमित थपिएपछि भारतमा कुल संक्रमित संख्या ३४ लाख नाघेको छ।

विश्वमा अमेरिका र ब्राजिलपछि भारतमा धेरै संक्रमित भेटिएका छन् भने मानवीय हताहतिका हिसाबले चौथो स्थानमा छ।  त्यहाँ बितेका २४ घण्टाभित्र एक हजार २१ जना संक्रमितको ज्यान गएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको आंकडाअनुसार अहिलेसम्म भारतमा ३४ लाख ६३ हजार ९७३ जना संक्रमित भेटिएका छन्। सात लाख ५२ हजार ४२४ संक्रमित अझै निको भइसकेका छैनन्।  अहिलेसम्म भारतमा ६२ हजार ५५० संक्रमितको मृत्यु भएको छ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top