ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५ लाख नाघ्यो

  एजेन्सी २०७७ असार १७ गते बुधबार १९:०५:२० मा प्रकाशित

असार १७, २०७७ काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५ लाख ७४ हजार ३ सय ९८ पुगेको छ। हिजो एकैदिन विश्वभर १ लाख ७० हजार ९ सय ६ जना नयाँ संक्रमित थपिँदा ५ हजार २९ जनाको मृत्यु भएको छ। 

यससँगै कोरोना संक्रमणका कारण हालसम्म विश्वभर मृत्यु हुनेको संख्या ५ लाख १३ हजार १ सय १४ पुगेको छ।  ब्राजिलमा एकैदिन १२ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने झण्डै ३८ हजार नयाँ संक्रमित थपिएका छन्। त्यहाँ हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार ६ सय ६५ जनाको मृत्यु भइसकेको छ। 

यस्तै कोरोनाबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा एकैदिन ४२ हजार २ सय ५० जना नयाँ संक्रमित थपिँदा ७ सय ४८ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ हालसम्म २७ लाख २७ हजार बढी संक्रमित फेला पर्दा हालसम्म मृत्यु हुनेको संख्या १ लाख ३० हजार १ सय ६ पुगेको छ। 

भारतमा ५ सय ६ जनाको मृत्यु भएको छ भने १८ हजार २ सय ५६ जना नयाँ संक्रमित भेटिएका छन्। भारतमा कोरोना संक्रमणबाट हालसम्म १७ हजार ४ सय १० जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार ७ सय ९२ पुगेको छ।  यसैगरी मेक्सिकोमा थप ४ सय ७३, पेरुमा १ सय ७३, रुसमा १ सय ५४, इरानमा १ सय ४७, पाकिस्तानमा १ सय ३७ तथा साउथ अफ्रिकामा १ सय २८ कोरोना संक्रमितको मृत्यु भएको छ। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top