होमपेज / स्वास्थ्य
मंसिर १०,सल्यान
सल्यानको शारदा नगरपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय बढी लाभान्वित भएका छन् । नगरपालिकाका विभिन्न वडामा एक हप्ता चलेको शिविरमा ७ सय ७५ जनाले सेवा लिएका छन् ।
शारदा नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरपालिकाका ७ स्थानमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३ सय ११ पुरुष र ४४६ महिला गरी ७ सय ७५ जनाले सेवा लिएका छन् । जसमध्य १३२ जनामा मोतियाविन्दु भेटिएको र उनीहरुको आँखा उपचार केन्दै शितलपाटीमा निःशुल्क शल्यक्रिया गर्ने गरि रिफर गरिएको शारदा नगरपालिका स्वास्थ्य शाखाका रविन विष्टले जानकारी दिनु भयो । जटिल समस्या भएका ५३ जनालाई राप्ती आँखा अस्पताल दाङ रिफर गरिएको उहाँको भनाई छ ।
शारदा नगरपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा नगरपालिकाको वडा न २,५,६,९,११,१३ र १४ वडामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा आँखामा समस्या भई कम दृष्टि देख्ने १८१ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको छ ।
दुगर्म क्षेत्रमा रहेका नागरिकहरुलाई आफ्नै गाउँघरमा सेवा प्रदान गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको विष्टको भनाई छ । उहाँले भन्नु भयो आर्थिक, तथा हिडडुलमा समस्या हुँदा आँखा अस्पतालसम्म पुग्न नसक्ने विरामीलाई गाउँघरमा सेवा प्रदान गर्ने योजना अनुसार यो शिविर सञ्चालन गरेका हाँै ।
आफ्नै गाउँघरमा आँखाको उपचार पाउँदा निकै खुसी लागेको शारदा नगरपालिका १३ की ७०वर्षीया चन्दादेवी वलीले बताउनु भयो । गाडीमा चढेर टाढा जान सकिदैन् । बुढेसकालमा आँखा दैखिदैन । गाउँघरमै आँखा चेक गराउन पाउँदा निकै खुसी लागेको छ उहाँले भन्नु भयो । यस्तै शारदा नगरपालिका ४ की ७० वर्षीया छवि बुढाथोकी पनि निकै खुसी हुनु भएको छ ।





.jpg)