होमपेज / फिचर
साउन २३, सल्यान
हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै सप्ताहव्यापी स्तनपान दिवस मनाइएको छ ।
विश्व स्वास्थ्य संगठन र युनिसेफले विश्वभर अगष्ट १ देखि ७ सम्म स्तनपान दिवस मनाउन गरेको आग्रह अनुसार विश्वभर यो दिवस सप्ताहव्यापी रुपमा मनाइएको हो ।
यस वर्षको स्तनपान दिवसको नारा ‘स्वस्थ्य र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ तय गरिएको थियो । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण औपचारिक कार्यक्रम नगरे पनि जिल्ला विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरी मनाइएको छ ।
बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पोष्टिक तत्व आमाको दुधबाट मात्र पाइने भएकाले यस सम्बन्धि सचेतना जगाउन सप्ताहको मूल उद्देश्य रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।