ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा अपाङ्गता महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

  सल्यान खबर डेस्क २०८१ श्रावण १६ गते बुधबार १६:३१:०७ मा प्रकाशित

साउन १६,सल्यान 

शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ दियारगाउँका ४९ वर्षीय सुमन घर्ती मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

साउन १३ गते  जन्मजात शारीरिक अपाङ्गता भई राम्रोसँग हिँडडुल गर्न नसक्ने ३० वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको आरोपमा घर्ती मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले जानकारी दिनु भयो । पीडितको अपाङ्गताको  गलत फाइदा उठाई जबरजस्ती करणी गरेको उहाँको भनाई छ । 

आरोपित मगरलाई १४ गते नै पक्राउ गरी सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top