ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा बाख्रापालनबाट वार्षिक २३ लाख आम्दानी

  सल्यान खबर डेस्क २०७७ जेठ ३२ गते आइतबार १४:३९:२४ मा प्रकाशित

जेठ ३१, २०७७ सल्यान :

 शारदा नगरपालिका २ डाँडागाउँका कृषक कृष्णराज उपाध्यायले बोयर जातका बाख्रापालन गरेका छन्।

जसबाट उनले वार्षिक २३ लाख बढी आम्दानी गर्छन्।  चाँडै फाइदा हुने भएपछि व्यावसायिक रुपमै बोयर बाख्रा पालनमा लागेको उनको भनाइ छ। उनले भने, ‘बोयर क्रस जातको बाख्राको तौल एक वर्षमै धेरै पुग्ने भएकाले यसबाट राम्रो आम्दानी लिँदै आइरहेको छु।’

  बन्दाबन्दीकै बीचमा पनि बाख्रा विक्री वितरण भइरहेको उपाध्यायको भनाई छ। लकडाउनकै बीचमा ५८ वटा बाख्रा काभ्रेको पाँचखाल पठाएको उनले बताए। ५८ वटा बाख्रा बिक्री गर्दा १८ लाख आम्दानी भएको उनको भनाइ छ।

  २०७० सालमा बहुउद्देशीय कृषि केन्द्रको नाममा फर्म दर्ता गरी व्यवसाय सुरु गरेका उपाध्यायले गत वर्ष १ सय ६ वटा बोका तथा बाख्रा बिक्री गरेर २० लाख बढी आम्दानी गरेका थिए। पैसा कमाउन विदेश वा जागिर नै खानुपर्छ भन्ने भनाइलाई आफूले ठाडो चुनौती दिएको उनको भनाइ छ। उनले भने, ‘इच्छाशक्ति र जाँगर भए स्वदेशमै पनि सुन फलाउन सकिन्छ।’ दुई जनाई रोजगारी व्यवसायिक बाख्रा पालन गर्दै आइरहेका उपाध्यायले दुई जनालाई रोजगारीसमेत दिएका छन्।

बाख्रालाई खाना पानी खुवाउन तथा घाँस दिन दुई जना राखेका छन्।प्याक्ट परियोजनाको १० लाख, युवा स्वरोजगार कार्यक्रमको २ लाख र व्यक्तिगत लगानी गरी झन्डै ३० लाख उनको फर्ममा लगानी छ। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top