ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा दुई अर्व ९७ करोड ८४ लाख विनियोजन

  सल्यान खबर डेस्क २०७७ जेठ १६ गते शुक्रबार १८:१७:५० मा प्रकाशित

जेठ १६, सल्यान
सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि बिहिबार प्रस्तुत गरेको बजेटमा सल्यानका दश स्थानीयमा झन्डै तीन अर्व विनियोजन भएको छ । बिहिबार सार्वजनिक गरिएको बजेटमा सल्यानका लागि २ अर्व ९७ करोड ८४ लाख विनियोजन गरिएको छ । 


तीन नगरपालिकामा १ अर्व १६ करोड ७ लाख र सात गाउँपालिकामा १ अर्व ८१ करोड ७७ लाख बजेट विनियोजन भएको छ । नगरपालिकामा सबैभन्दा धेरै बागचौर नगरपालिकामा ४१ करोड २९ लाख विनियोजन भएको छ । यस्तै शारदा नगरपालिकामा ३९ करोड १८ लाख बनगाड कुपिण्डे नगरपालिकामा ३५ करोड ५० लाख विनियोजन भएको छ । 


गाउँपालिका तहमा सबैभन्दा धेरै बजेट छत्रेश्वरी गाउँपालिकामा ३० करोड ४२ लाख विनियोजन भएको छ । कपुरकोट गाउँपालिकामा २१ करोड ३४ लाख, कालिमाटी गाउँपालिकामा २८ लाख ६ लाख, कुमाख गाउँपालिकामा २९ करोड ७७ लाख रहेको छ । 


यस्तै सिद्ध कुमाख गाउँपालिकामा १९ करोड ५० लाख, त्रिवेणी गाउँपालिकामा २७ करोड ६८ लाख र दार्मा गाउँपालिकामा २५ करोड बजेट विनियोजन भएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top