होमपेज / अर्थ
वैशाख १५,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर घरमै पुगी वितरण गरेको छ । लकडाउनका कारण बृद्धवृद्धाहरु बैंकसम्म जान नसक्ने भएका कारण नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
नगरपालिका ले ज्येष्ठ, एकल, अपांगता, दलित र बाल पोषण भत्ता घरमै गएर वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका ३ हजार २३ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको बनगाड कुपिण्डे नगरपालिकाका सूचना अधिकारी धर्मराज ढकालले बताए । जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको ढकालले बताए ।
लकडाउनको समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा दंग परेको बनगाड कुपिण्डे नगरपालिका ८ का वडाध्यक्ष कुल बहादुर पुरीले बताए । लकडाउनले जनप्रतिनिधि र जनतालाई नजिक बनाउन पनि मद्यत गरेको उनको भनाई छ ।
दोस्रो चौमासिकमा दुई करोड ३१ लाख १३ हजार ६ सय सामाजिक सुरक्षा भत्ता वितरण हुने जानकारी दिए । अहिले वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता दोस्रो चौमासिकको समेत रहेको नगरपालिकाले जनाएको छ ।





.jpg)