होमपेज / अर्थ
चैत २६, सल्यान
मुक्तिनाथ विकास बैंक शाखा कार्यालय श्रीनगरले जिल्लाका दुई स्थानीय तहलाई एक लाख बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट प्रभावितहरुलाई लक्षित गरी बैकले दुई स्थानीय तहलाई सहयोग गरेको हो ।
शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकालाई ५०/५० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गरिएको मुक्तिनाथ विकास बैंक शाखा कार्यालय श्रीनगरका प्रवन्धक सुनिल रेग्मीले बताए ।
कोरोना भाइरस सक्रमणको जाखिमलाई अन्त्य गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण प्रभावित समुदायलाई राहत स्वरुप खाद्यन्न हस्तान्तरण गरिएको उनको भनाई छ । खाद्यान्न सामाग्रीमा चामल, दाल, तेल, नुन, चिनी, साबुन लागाएतका सामाग्रीहरु हस्तान्तरण गरिएको उनको भनाइ छ ।





.jpg)