ट्रेण्डिङ

होमपेज / अर्थ

कुखुरापालनबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

  सल्यान खबर डेस्क २०८२ आश्विन २६ गते आइतबार १७:०४:२० मा प्रकाशित

सल्यानमा कुखुरापालनलाई मुख्य व्यवसाय बनाएर आय आर्जन गर्नेहरू बढिरहेका छन् । आम्दानी बढ्दै जाँदा दुईचार सयबाट सुरु गरिएका  फार्ममा हजारौँ कुखुरा पाल्न थालिएको छ । 

गाउँमै केही गर्नुपर्छ भन्ने उद्देश्यले २०७७ सालमा फार्म दर्ता गरेर कुखरापालन व्यवसाय विस्तार गरेको बागचौर नगरपालिकाका ७ का तारादेव वलीले बताए। सुरुमा एउटा सानो कोठाबाट ब्रोइलर कुखुरापालन सुरू बताउँदै उनले कुखरापालनको आम्दानीले गाउँमै जग्गाजमिन जोड्न सफल हुनुका साथै अहिले १८ हजार कुखुरा रहेका छन्।

वैदेशिक रोजगारीबाट फर्किएका त्रिवेणी गाउँपालिका कारेवासका रहिम दास मियाले पनि कुखुरापालनबाट वार्षिक २० लाख आम्दानी गर्दै आइरहनु भएको छ । फार्मबाट दैनिक १ हजार ७ सयबढी अन्डा उत्पादन हुँदै आइरहेको मियाले बताए । उनले भने सात वर्ष विदेशमा बसेपछि आफ्नै गाउँघरमा केही गर्नु पर्छ भन्ने सोचका साथ स्वदेश फर्किएर कुखुरापालन थालेको हुँ । सोचे जस्तै आम्दानी पनि हुँदै आइरहेको छ। 

पछिलल्लो समय सल्यानका धेरै युवा कुखुरापालन व्यवसायमा लागेका छन्। जिल्लामा मासु र अन्डाको माग धेरै छ । स्थानीय उत्पादनबाटै माग पूर्ति गर्न गाउँगाउँमा कुखुरापालन व्यवसाय विस्तार हुँदैगएको छ । जिल्लाका केही स्थानीय तहले अनुदान, सहुलियत ऋण र बजार पहुँच विस्तारका कार्यक्रम अघि सारेका छन् । यस्तै अन्डा उत्पादनमा अनुदानसमेत दिएका छन्।

सल्यानमा स्थानीय जातका कुखुरासँगै ब्रोइलर, लेयर्स, हाँस कालिजलगायत पालन भइहेको छ । व्यवसायिक रूपमा १ सय ३४ फार्म दर्ता भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लामा वार्षिक ८ करोड ३५ लाख २० हजार अन्डा उत्पादन हुने र उक्त  उत्पादित अन्डा र मासु जिल्लामै खपत हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताए। 

युवा किसानहरूको उत्साहलाई मूल्यको उत्तारचढाव, रोग र दाना महँगो हुनेजस्ता कुराले चुनौती दिइरहेको छ। युवा उद्यमीलाई कुखुरापालनले आत्मनिर्भर बन्ने ठुलो मद्दत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा खबर
Top