ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानको शारदा नगरपालिकाले ल्यायो १ अर्व बढीको बजेट

  सल्यान खबर डेस्क २०८२ असार ५ गते बिहीबार २०:२१:०० मा प्रकाशित

असार ५,सल्यान 
सल्यानको शारदा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब बढीको बजेट ल्याएको छ । बिहिबार सम्पन्ननगरसभाको १७ औं अधिवेशनले १ अर्व  १९ करोड २९ लाख १२ हजार रुपैयाँको बजेट पारित गरेको हो । ।

नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न नगरसभाको १७ औं अधिवेशनमा, उप–प्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत बजेट नगरसभा सदस्यहरूद्वारा सर्वसम्मत रूपमा पारित गरिएको हो। गत आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाद्वारा ८२ करोड ७१ लाख ९७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो। यसपटकको बजेट पालिकाको इतिहासमै सबैभन्दा ठूलो परिमाणको बजेट  भएको नगरप्रमुख भण्डारीले बताउनुभयो।

१७ औं अधिवेशनमा वित्तीय समानीकरण अनुदान ११ करोड ६६ लाख, राजस्व बाँडफाँड तर्फ ११ करोड १५ लाख ५२ हजार, शसर्त अनुदान संघ ६७ करोड ३६ लाख ४४ हजार, समपुरक अनुदान संघ  ८७ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान १ करोड ५४ लाख ४६ हजार, राजस्व वाँडफाँड ३५ लाख ४६ हजार, शसर्त अनुदान प्रदेश ९ करोड ८४ लाख २६ हजार, समपुरक १ करोड, समाजिक सुरक्षा १३ करोड ५० लाख  र आन्तरिक आय २ करोड गरी १ अर्व १९ करोड २९ लाख ९२ हजारको बजेट पारित गरेको हो । 
आव २०८२÷०८३ का लागि आर्थिक विकास तर्फ ४ करोड ५० लाख १ हजार, सामाजिक विकास तर्फ ४५ करोड ४४ लाख ५८ हजार, पूर्वाधार विकास तर्फ ५३ करोड ९६ लाख ७३ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६५ लाख र संस्थागत विकास र सुशासन तर्फ १४ करोेड ४२ लाख ८० हजार बजेट विनियोजन गरेको छ । 

यस्तै शिक्षा युवा तथा खेलकुद तर्फ २५ करोड ८५ लाख, स्वास्थ्य तथा पोषणमा ५ करोड ८९ लाख ३८ हजार, कृषि विकास ५८ललाख २० हजार, पुश सेवा ३७ लाख ५० हजार, महिला, बालबालिका तथा समाज कल्याण तर्फ २० लाख, खानेपानी तथा सरसफाइ ४६ करोड २४ लाख ७३ हजार, वन तथा वातावरण ३५ लाख , सहकारी संघसंस्था १० लाख, विपद् व्यवस्थापन ३० लाख बजेट विनियोजन गरिएको छ । 

यस्तै सूचना प्रविधि ४० लाख अध्ययन अनुसन्धान १० लाख, स्वास्थ्य उपचार कोष १५ लाख, मर्मत सम्भार कोष १० लाख उपप्रमुख पोषण कोसेली कार्यक्रम ५ लाख, कार्यालय सञ्चालन ५ करोड कर्मचारी पारिश्रमिक तथा सुविधा ७ करोड ४४ लाख, पदाधिकारी सेवा सुविधा १ करोड ३० लाख, नगर प्रहरी १ करोड ५ लाख, वडागत पूजिगत ३ करोड वडागत चालु ६९ लाख, रोजगार परियोजना २ करोड ४४ लाख ३९ हजार बजेट विनियोजन भएको छ । 
त्यस्तै सवारी साधन खरिद ५० लाख भूक्तानी बाँकी परियोजना २० लाख, र क्रमागत योजनामा ८७ लाख बजेट विनियोजन गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top