होमपेज / अर्थ
जेठ २७,सल्यान
बेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध सल्यानको कपुरकोटमा यस बर्षको हाट बजार मंगलबारदेखि सञ्चालन गरिएको छ । कपुरकोट क्षेत्रका कृषकहरुले खेती गरेको तरकारी विक्रीका लागि तयार भई सकेकाले सल्यानमै सबैभन्दा ठूलो कपुरकोटको तरकारी बजार हप्ताको दुई दिन लगाउने गरी आजबाट हाट बजार सञ्चालनमा आएको हो । जेठ २७ गते देखी हप्ताको दुइ दिन मंगलवार र शुक्रवार हाट वजार सञ्चालन गरिने कृषि उपज वजार सञ्चालक समिती कपुरकोटले जनाएको छ ।
कपुरकोट गाउँ पालिका भित्रका किसानसँगै छिमेकी त्रिवेणी गाउँ पालिका सल्यान, छिमेकि जिल्ला रोल्पाको त्रिवेणी गाउँपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाका किसानहरुले उत्पादन गरेको विशेष गरी गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि वेमौसमी ताजा तरकारी उत्पादन गरेर हाट बजारमा ल्याएर बिक्रि गर्ने गर्दछन् ।
हाट बजारको पहिलो दिन टमाटर ६० देखि ६५, बन्दागोवि ५ देखि १०, फुलगोवि ५५ देखि ६०, भेडे खर्सानी १०० देखि १०५, मोटो खुर्सानी १०० रुपैयाँ प्रतिकिलोका दरले कारोबार भएको कृषि उपज बजार कपुरकोट गाउँ पालिका संचालक समिति अध्यक्ष तिलक शर्माले जानकारी दिनु भयो । यस्तै सिमि ६५ देखि ७०, काँक्रो खिरा ३० देखि ३५, धनिया २००, बोडी ८० र माछे खुर्सानी ८० रुपैयाँ किलोका दरले किसानले बिक्री गरेका छन् ।
यसक्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा लगाएतका मुख्य वजारमा निर्यात हुने गर्दछ ।





.jpg)