होमपेज / अर्थ
फागुन १,सल्यान
सल्यानको दार्मा गाउँपालिका कार्य सम्पादनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा गाउँपालिका उत्कृष्ट बन्न सफल भएको हो ।
जिल्लाका १० स्थानीय तह मध्ये दार्मा गाउँपालिकाले ६७ दशमलव २प्रतिशत अङ्क प्राप्तगरी जिल्लामा पहिलो स्थानमा रहेको छ । कालिमाटी गाउँपालिका ६३ दशमलव ८ प्रतिशत अंक ल्याएर दोस्रो भएको छ भने ६३ दशालव ५ प्रतिशत अंक ल्याई बनगाड कुपिण्डे नगरपालिका तेस्रो भएको छ ।
यसैगरी कपुरकोट गाउँपालिका ५८ दशमलव ७ प्रतिशत, त्रिवेणी गाउँपालिका ५१ दशमलव ६ प्रतिशत,शारदा नगरपालिका ५८ दशमलव ३, छत्रेश्वरी गाउँपालिका ५३ दशमलव ३, बागचौर नगरपालिका ५२ दशमलव ५,सिद्ध कुमाख गाउँपालिका ५३ दशमलव ५ र कुमाख गाउँपालिकाले ४५ दशमलव ८ प्रतिशत अंक प्राप्त गरेका छन् ।
आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।