ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा भन्सार छलि ल्याएको १३ लाख बराबरको सामान बरामद

  सल्यान खबर डेस्क २०८१ कार्तिक ५ गते सोमबार २०:१७:५६ मा प्रकाशित

कात्तिक ५,सल्यान 
सल्यानमा भन्सार तथा कर छलि गरि ल्याएको १३ लाख भन्दा बढीको सामाग्री प्रहरीले बरामद गरेको छ । 
दाङ तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको रा १ त २३०२ नम्बरको मिनि ट्रक इलाका प्रहरी कार्यालय थारमारेले चेकजाँच गर्ने क्रममा भन्सार तथा कर छलि गरि ल्याएको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार ५० किलो तौल भएको ५० बोरा बिल नभएको अवस्थामा फेला परेको छ । यस्तै शंकास्पद बिल भएका २५ किलो तौल भएको चामल १३५ बोरा चामल, १५४ बोरा सादा भुजा, १४५ पेटी खानेतेल, दुई सय किलो मैदा, १५ प्याकेट आटा, १ बोरा दाल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । यस्तै लाइफ व्याई साबुन १ कार्टुन, लक्स साबुन १ कार्टुन, न १ साबुन १ कार्टुन, सुजी ४० पाकेट, दालमोठ ४ बोरा नियन्त्रण लिएको उहाँको भनाई छ । 

भन्सार छलि गरि ल्याइएका सामान , ट्रक, र ट्रक चालकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top