ट्रेण्डिङ

होमपेज / अर्थ

मलेशियामा ज्यान गुमाएका बुढाथोकीको परिवारलाइ आर्थिक सहायता प्रदान

  सल्यान खबर डेस्क २०८१ असार २८ गते शुक्रबार ०७:१२:१६ मा प्रकाशित

सल्यान, २८ असार । 

मलेशियामा ज्यान गुमाएका सल्यान कुमाख गाउँपालिका ३ का सागर बुढाथोकीको परिवारलाई काजक्रिया खर्च अन्तरगत १७ हजार ५ सय चेक हस्तान्तरण गरिएको छ ।

ग्लोबल आइएमई लघुवित्त बित्तिय संस्था लि। शाखा कार्यालय रागेचौरले  वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगी ज्यान गुमाएका बुढाथोकीको  परिवारलाई विमा रकम उपलब्ध गराएको हो । बुढाथोकीको वैशाख १८ गते मृत्यु भएको थियो । मृत्तक बुढाथोकीको श्रीमती उमा बुढाथोकीलाई विमा वापतको रकम हस्नान्तरण गरिएको मनोज मधुरले जानकारी दिनु भयो । 

यस्तै संस्थाले हावाहुरीबाट भौतिक क्षति भएका सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गत आर्थिक सहयोग गरेको छ । कोष अन्तर्गत कुमाख गाउँपालिका २ निवासी रिता कामीलाई र वडा न ७ निवासी गिता वली बुढाथोकीलाई समान ५/५ हजार रकम हस्तान्तरण गरिएको उहाँले बताउनु भयो । 


 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top