ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका दश स्थानीय तहमध्ये कपुरकोटमा बेरुजु बढी

  सल्यान खबर डेस्क २०८१ जेठ १७ गते बिहीबार १२:४५:५२ मा प्रकाशित

जेठ १७ ,सल्यान 
सल्यानका दश स्थानीय तहमध्ये कपुरकोट गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६१ औ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कपुरकोट गाउँपालिकाको  आर्थिक वर्ष २०७९÷०८० को १ अर्ब २ करोड ७१ लाख १ हजार रुपैयााको लेखा परीक्षण गर्दा ४ दशमलव ६६ प्रतिशत अर्थात ४ करोड ७५ लाख ९९ हजार रुपैयाँ बेरुजु देखिएको हो । 

सबैभन्दा कम भने बनगाड कुपिण्डे नगरपालिकाको  १ अर्ब ४७ करोड ३० लाख २० हजार रुपैयााको लेखा परीक्षण गर्दा कुल रकमको शुन्य दशमलव ६३ प्रतिशत अर्थात ९३ लाख १७ हजार बेरुजु देखिएको छ । 

यस्तै १ अर्ब ६६ करोड ४२ लाख ६७ हजारको लेखा परीक्षण गर्दा बाचौर नगरपालिकामा २ दशमलव १५ अर्थात ३ करोड ५८ लाख ९ हजार, शारदा नगरपालिकामा १ अर्ब १७ करोड ३१ लाख ३ हजार लेखापरीक्षण गर्दा १दशमलव ८७ अर्थात २ करोड १९ लाख ७ हजार, कालिमाटी गाउँपालिकामा १ अर्ब ३ करोड ८७ लाखको लेखा परीक्षण गर्दा १ दशमव शुन्य पाँच प्रतिशत अर्थात १ करोड ८९ लाख ५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

यस्तै कुमाख गाउँपालिकाको १ अर्ब ११ करोड ८६लाख २१ हजार रुपैयाँ लेखापरीक्षण गर्दा शुन्य दशमलव ९४ अर्थात १ करोड ५० लाख २ हजार रुपैयाँ, छत्रेश्वरी गाउँपालिकाको १ अर्ब ६७ करोड ६२ लाखको लेखा परीक्षण गर्दा ४ दशमलव २० अर्थात ४ करोड ५० लाख ३० हजार, सिद्ध कुमाख गाउँपालिकाको ६७ करोड ७२ लाख २ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ दशमलव ५६ प्रतिशत अर्थात १ करोड ४५ लाख ९ हजार, त्रिवेणी गाउँपालिकाको ८९ करोड ८२ लाख ७७ हजारको लेखा परीक्षण गर्दा ४ दशमलव १४ अर्थात ३ करोड ७१ लाख ७५ हजार र दार्मा गाउँपालिकाको १ करोड १० लाख ५६ लाख ६२ हजार रुपैयाँ लेखा परीक्षण गर्दा १ दशमलव शुन्य ६ प्रतिशत अर्थात १ करोड १७ लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको परीक्षकको कार्यालयद्धारा सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top