ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यान छत्रेश्वरीमा दलित समुदायलाई म्यादी जीवन बिमा

  सल्यान खबर डेस्क २०८० पौष २७ गते शुक्रबार २१:०२:०० मा प्रकाशित

सल्यान, २७ पुस ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा म्यादी जीवन बिमा गराएका दलित समुदायका बिमितको परिवारलाई बिमा बापतको रकम भुक्तानी गरिएको छ । सवारी दुर्घटनामा परेर मृत्यु भएकी छत्रेश्वरी ३ निवासी सुनिता बिक का छोरा पुष्पकमल सुनारलाई दुई लाख १० हजार रुपैयाँ भुक्तानी गरिएको हो । 

छत्रेश्वरी गाउँपालिका सल्यान र आइएमइ लाइफ इन्स्योरेन्सका बिचमा भएको दलित समुदायको म्यादी जीवन बिमा सम्झौता बमोजिम शुक्रवार गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बिमा बापतको रकम प्रदान गरेका हुन् ।  गाउँपालिकाले आफ्नो पालिका भित्रका ७२१ जना दलित समुदायका व्यक्तिको म्यादी जीवन बिमा सम्झौता गरिदिएको छ । 

२०८० कार्तिक २० गते कपुरकोट ३ मुलपानीमा सुनिता बिक को सवारी दुर्घटनामा मृत्यु भएको थियो । बिमांक रकम १ लाख रहेकोमा बिमा दाबी रकम २ लाख १० हजार रुपैयाँ  हस्तान्तरण गरिएको हो । सो अवसरमा आइएमइ लाइभ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत रोकायाले म्यादी जीवन बिमाको बारेमा जानकारी गराउँदै छत्रेश्वरी गाउँपालिकाले आफ्ना नागरिकको हितको लागि गरेको कार्यको प्रशंसा गरेका थिए । 

बिमा रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहरा, सल्यान दृष्टिकोणका उपाध्यक्ष ज्ञानेन्द्र पुन लगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शङ्कर केसीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top