होमपेज / अर्थ
भदौ २९,सल्यान
कुनै समय प्रतिकिलो १५० रुपैयाँसम्म बिक्री भएको टमाटरको मूल्य घटन थालेको छ । कृषि उपज बजार कपुरकोट सल्यानका अनुसार ५० देखि ५५ रुपैयाँका दरले टमाटर बिक्री भएको जनाएको छ । भारतको टमाटर नेपाली बजारमा आउन थालेपछि नेपालको उत्पादनले भने मूल्य पाउन छोडेको छ ।
भारतसम्म निकासी हुँदा सल्यानका किसानले १५० रुपैयाँ प्रतिकिलोसम्म टमाटर बिक्री गरेका थिए । कृषि उपज संकलन केन्द्र कपुरकोटका अनुसार आज (शुक्रबारं) टमाटार ५० देखि ५५, बन्दागोभी ४० देखि ४५, फूलगोभी ५० देखि ५५, भेडे खुर्सानी ७० देखि ७५, मोटो खुर्सानी ५० देखि ५०, मसिनो खुर्सानी ५५ देखि ५५, अकबरे खुर्सानी ९५ देखि १०० रुपैयाँ रुपैयाँले बिक्री भएको सकलन केन्द्रका अध्यक्ष तिलक शर्माले जानकारी दिनु भयो ।
यस्तै सिमी ५० देखि ५५, काक्रो लोकल ९० देखि१००, काक्रो उन्नत ६५ देखि ७० मुला २५ देखि ३०, अदुवा पुरानो १६० देखि १७०, कागती ६० देखि ६५, माछे खुर्सानी ६० देखि ६५, धनिया ९० देखि ९५, तित करेला ४० देखि ५०, भान्टा ४०, टमाचार वि.एस ४५ देखि ५० र साग ५५ देखि ६० रुपैयाँ प्रतिकिलो बिक्री वितरण भएको शर्माले बताउनु भयो ।





.jpg)